Tuesday, February 18, 2014

संविधानसभा अध्यक्षको कार्यभार

प्रकाश गिरी
संविधानसभालाई गति दिन संविधानसभाको अध्यक्षको महत्वपुर्ण भुमिका रहन्छ । अध्यक्षले चाहदा संविधानसभाले गति लिन सक्छ भने नचाहदा यो अलमलमा पनि पर्न सक्छ । तर सवै काम अध्यक्षमा मात्र भर पर्छ भन्ने चाहि होईन तर कम्तिमा पनि अहिले जसरी संविधानसभाका महत्वपुर्ण वैठकहरु केहि मिनेट मात्र वसेर स्थगीत हुने गरेका छन,यो सिलसिलाको अन्त्य हुनेछ ।
संविधानसभाले नया अध्यक्ष पाएपछि उनका केहि जिम्मेवारी हुनेछन । उनले सवैभन्दा पहिला नियमावली मस्यौदालाई पुर्णता दिनुपर्नेछ । यसको लागि ४९सदस्यीय समिति गठन भएको छ र यसलाई अब गति दिनुपर्नेछ । यसले गति लिने वित्तिकै संविधानसभले केहि निश्चित समिति गठन गर्नुपर्नेछ । वुझिएको सत्य के हो भने यो संविधानसभाले गत संविधानसभाले जस्तो,एक दर्जन समिति गठन गर्न जरुरी छैन । यसले केवल विगत संविधानसभाको काम केलाउन,नया मस्यौदा वनाउन र जनताको विचमा जा“दा सहयोग गर्न केवल तिनवटा समिति मार्फत काम लिन सक्छ । सानो र चुस्त समिति वनायो भने यसले काम पनि त्यहि स्तरमा गर्न सक्छ ।

नेम्वाङ सभाध्यक्षमा निर्विरोध निर्वाचित

नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङ सर्वसम्मतिबाट पुनः संविधानसभाको अध्यक्षमा निर्वाचित हुनु भएको छ । दोस्रो संविधानसभा चुनाव सम्पन्न भएको तीन महिनापछि नेम्वाङ सभाध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको हो । संवि

धानसभा बैठकमा एमाले संसदीलय दलका नेता केपी शर्मा ओलीको प्रस्तावमा कांग्रेस महामन्त्री कृष्ण सिटौलाले समर्थन जनाएपछि सबै दललाई बोल्ने अवसर दिइएको थियो । बैठकमा सबै दलले नेम्वाङको उम्मेद्वारीमा समर्थन जनाएपछि अन्त्यमा सभाको अध्यक्ष गरिरहेका सूर्यबहादुर थापाले सर्वसम्मतिबाट निर्वाचित भएको घोषणा गर्नुभयो । संविधानसभा सचिवालयले सहमतीय प्रक्रियाबाट अध्यÔ चुन्न दिएको समयसीमाभित्र दलहरूले सहमति जुटाउन नसकेपछि बहुमतबाट अध्यक्ष चयनको प्रक्रिया अगाडि बढेपनि नेम्वाङ निर्विरोध निर्वाचित हुनुभएको हो । निर्वाचित भएपछि संचारकर्मीसग कुरा गर्दै नेम्वाङले दलहरुले एकजुट भएर फरक सन्देश दिएकोमा खुसी व्यक्त गर्दै अब एक वर्षभित्र संविधान जारी गर्न लागि पर्ने बताउनुभयो ।

Monday, February 17, 2014

४३ वर्ष पुरानो जहाज दुर्घटना

आइतबार दिउँसोबाट सम्पर्कविहीन भएको नेपाल वायु सेवा निगमको ट्वीनअटर विमान अर्घाखाँचीको ढिकुरा(८ मसिनेलेकमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । दुर्घटनामा चालक दलका तीन सदस्यसहित सवार सबै १८ जनाको मृत्यु भएको छ । करिव ४३ वर्ष पुरानो ट्वीनअटर जहाज एक नाबालकसहित १५ यात्रु लिएर काठमाडौंबाट पोखरा हुँदै जुम्लाका लागि उडेको थियो । १ बजेर १३ मिनेटपछि विमान सम्पर्कविहीन भएसँगै अर्घाखाँचीकै खिदिम गाविसको जंगलमा दुर्घटना भएको भन्दै खोजी गरिएको थियो । तर, दिनभरमा पनि विमान दुर्घटना भएको स्थान पत्ता लागेन ।
सोमबार विहानै विमान ढिकुरा गाविस ८ को मसिने लेकमा दुर्घटना भएको खबर आएपछि प्रहरी टोली पुगेको थियो भने नेपाली सेनाको हेलिकोप्टरले पनि विमान दर्घटना भएको देखेको थियो । प्रहरी, सशस्त्र प्रहरी, सेनासहितको टोली पुग्दा विमान क्षतविक्षत अवस्थामा भेटियो भने सबै यात्रु मृत्यु भइसकेको थियो । शवहरु दुर्घटनास्थलको ५० देखि १०० मिटर वरपरसम्म छरिएर हिउँले पुरिएको अवस्थामा भेटिएको थियो । दुर्घटनास्थलमा २ फिटसम्म हिउँ जमेको थियो ।

संविधानसभा अध्यक्ष चयनका लागि आज निर्वाचन

संविधानसभा अध्यक्ष चयनका लागि आज निर्वाचन हुने भएको छ । संविधानसभा सचिवालयले तय गरेको कार्यतालिका अनुसार राजनीतिक सहमतिका आधारमा सोमबार कुनै उम्मेद्वारी नपरेपछि आज बहुमतीय प्रक्रियाबाट सभाध्यक्ष चयनका लागि निर्वाचन हुनेछ । संविधानसभा सचिवालयले सहमतिमा सभाध्यक्षको नाम प्रस्तुत गर्नका लागि सोमबार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्मको समय तोकेको थियो । उक्त समय भित्र सहमतिका आधारमा कसैको पनि नाम प्रस्ताव नआएकाले सभाध्यक्ष चयनको प्रक्रिया बहुमतीय प्रणालीमा पुगेको हो । सोमबार निर्धारित समयभित्र कसैको पनि उम्मेद्वारी नपरेको सचिवालयले जनाएको छ । सहमति कायम गर्न एमालेको आह्वानमा सोमबार बसेको सर्वदलीय बैठकमा एमाओवादीले सभाध्यक्ष आफ्नो पार्टीबाट हुनुपर्ने अडान राखेपछि सहमति हुन सकेको थिएन् । एमालेले पूर्व सभामुख सुभावचन्द्र नेम्बाङलाई नै सभामुख बनाउन प्रस्ताव गरेको छ । सोही प्रस्तावलाई नेपाली कांग्रेसले समर्थन गरेको छ । कांग्रेस संसदीय दलको बैठकले एमालेसँग भएको सात बुँदे सहमतिका आधारमा नेम्बाङलाई समर्थन गर्ने निर्णय गरेको कांग्रेसले जनाएको छ ।
यता एमाओवादीसहित केही मधेसवादीदलहरुले भने विगतको प्रक्रियाजस्तै राजनीतिक सन्तुलन कायम गर्न पनि तेस्रो ठूलो दलका तर्फबाट सभाध्यक्ष चयन गर्नुपर्ने अडान राख्दै आएका छन् ।