Friday, May 23, 2008

Maoists suspend 'Bibidh'

The Maoists have suspended Bibidh from the position of commander of thirddivision of People's Liberation Army (PLA).
In a statement issued by Maoist deputy commander Prabhakar, it has been informed that he was suspended to ease the investigation into the killing of Ramhari Shrestha.
The Maoists as well as the government have formed investigation committees to probe the incident.

Sunday, May 18, 2008

एमाले महाधिवेशन मंसिर १ गते


एमालेको आठौं महाधिवेशन आउँदो मंसिर १ देखि ५ सम्म काठमाडौंमा हुने भएको छ । एमालेका नवनियुक्त महासचिव झलनाथ खनालको अध्यक्षतामा जेठ ५ बसेको एमाले केन्द्रीय कमिटीको १९ औं बैठकले यो निर्णय गरेको हो । बैठकमा खनालले अहिलेको कार्यनीति, कार्यभार तथा कार्यबिभाजन नामको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । एमाले बैठकले केही महत्वपूर्ण कार्यबिभाजनसमेत गरेको छ । बैठकले एमालेको सचिवालय सचिवमा स्थायी समिति सदस्य युवराज ज्ञवाली, प्रचार प्रमुखमा इश्वर पोखरेल, संगठन प्रमुखमा अमृतकुमार बोहरा, बिदेश बिभाग प्रमुखमा माधवकुमार नेपाल, पार्टी स्कुल बिभाग प्रमुखमा केपी ओलीलाई चयन गरेको छ ।

श्रेष्ठको हत्याको घटनालाई राजनीतिक रंग नदिन प्रचण्डको आह्वान

माओवादी अध्यक्ष प्रचण्डले कोटेश्वरका रामहरि श्रेष्ठको हत्याको घटनाले आफूलाई दुखि तुल्याएको बताएका छन् । प्रेस बिज्ञप्ती प्रकाशित प्रकाशित गर्दै प्रचण्डले 'पार्टीमा घुसेर बसेका केही स्वार्थी तत्वहरुको षडयन्त्रद्वारा' उनको मृत्यु भएको तथा दोषिउपर कानुनी कार्वाहीको प्रक्रिया अघि बढाइएको उल्लेख गरेका छन् । प्रचण्डले बक्तब्यमा श्रेष्ठको परिवारसँग अनुसन्धान, राहत र क्षतिपूर्तिबारे छलफल गर्न सकिने पनि जानकारी दिएका छन् । प्रचण्डले बक्तब्यमा घटनालाई राजनीतिक रंग नदिन र धमिलो पानीमा माछा मार्ने षड्यन्त्र हुननपाओस् भने मृतकका परिवार आफन्तलाई आह्वान गरेका छन् ।
बैशाख १५ गते काठमाडौं कोटेश्वरबाट माओवादी जनमुक्ति सेनाको चितवन शक्तिखोर लगिएका श्रेष्ठको मृत्यु भएको खबर माओवादीले जेठ २ गते बेलुका दिएको थियो । श्रेष्ठको अपहरण तथा हत्याको बिरोधमा जेठ ३ गतेदेखि काठमाडौं कोटेश्वर तथा नयाँ बानेश्वर इलाकामा प्रदर्शन भइरहेको छ ।