Sunday, June 15, 2014

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउने

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी साउनको तेस्रो साता नेपाल भ्रमणमा आउने भएका छन् । मोदी नेपाल आए भारतीय प्रधानमन्त्रीको सन् १९९७ पछि पहिलो भ्रमण हुनेछ ।
प्रधानमन्त्रीका रुपमा पहिलो विदेश भ्रमणका क्रमा आइतबार भुटान गएका मोदी जापानपछि नेपालको भ्रमणमा आउने भएका हुन् । मोदी नेपाल(भारत सम्वन्धलाई अझ उचाइ दिनेबारे बृहत छलफल गर्न अगष्ट पहिलो साता काठमाडौं जाने तय भएको भारतीय पत्रिका ‘दि टेलिग्राफ इण्डिया’ले जनाएको छ । रमण टोलीमा विदेशमन्त्री सुश्मा स्वराज, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, विदेश सचिव सुजाता सिंह लगायत रहने बताइएको छ ।
मोदीले आफ्नो सपथमा सार्क मुलुकका राष्ट्र तथा सरकार प्रमुखलाई बोलाएका थिए । सपथ ग्रहणमा सहभागी हुन दिल्ली पुगेका प्रधानमन्त्री कोइरालासँग मोदीले छुट्टै भेटवार्ता समेत गरेका थिए ।

No comments: