Monday, June 18, 2018

कांग्रेसलाइ तनावै तनाव,चुनाव र चिठठा दुवै ठाउँमा दैवकाे लात

प्रकाश गिरी/
नेपाली कांग्रेसलाइ डबल तनाव भएकाे छ।हालैकाे चुनाव अत्यन्त खराव नतिजा ल्याएकाे कांग्रेसले साेमवार राष्ट्रियसभाकाे चुनावमा सदस्यकाे कार्यकाल टुंगाे लगाउने बेलामा पनि मात खाएकाे छ।राष्ट्रिय सभा सदस्यकाे कार्यकाल कति समयकाे बनाउने भनेर संसद भवनमा साेमवार गाेला प्रथा गरिएकाे थियाे।यसमा सांसदहरूलाइ गाेला थुत्न लगाइएकाे थियाे।तर यस बेलामा कांग्रेसका १३ जना सांसद मध्ये जम्मा ४ जनालाइ मात्र पुर्ण अवधि अर्थात ४ बर्षकाे कार्यकालकाे अवसर जुरयाे।बाकी  २ जनालाइ ४ बर्षकाे कार्यकाल मिल्याे भने ७ जनालाइ जम्मा २ बर्षकाे कार्यकाल हात परयाे।कतिसम्म भने कांग्रेस ससदीय दलका नेता समेत रहेका सुरेन्द्र पाण्डेकाे अधवि जम्मा २ बर्ष रहयाे भने सचेतक सरिता प्रसाइकाे हालत पनि उस्तै रहयाे।

No comments: