हामी तपाइँलाइ विश्वसंग एकाकार गराउँनेछाैं।ताजा खवर, विश्लेषण र खबरभित्रकाे खबरकाे लागि हामीसंगै रहनुहाेला।धन्यवाद।।
Thursday, September 10, 2009
वाह प्रधानमन्त्री

सदन अझै खुलेन ।
साउन २३गते देखि अवरुद्ध संसदको वैठक अझै खुल्न सकेको छैन । राष्ट्रपति डाक्टर रामवरण यादवले सेनापति थमौति प्रकरणमा असंवैधानिक कदम चालेको भन्दै यसलाइ उल्टाउन माग गर्दै माओवादीले सदन चल्न दिएका छैनन । माओवादी नेतृत्वको सरकारले तत्कालिन प्रधानसेनाति रुकमांगद कटवाललाई हटाएर उनको ठाउँमा रथी कुलवहादुर खडकालाई सेनापति वनाएको थियो । तर राष्ट्रपति डा।यादवले सरकारले यो निर्णय उल्टाएर कटवाललाइ नै सेनापतिमा कायम गर्नुभएको थियो । यहि कारणले माओवादी नेतृत्वको सरकार गिर् यो । रअहिले नेपालमा माधव नेपालको नतृत्वमा २२दलको सरकार छ । तर सरकारवाट हटेको भोलिपल्टदेखि नै माओवादीले नागरिक सर्वोच्चता कायम गर्न भन्दै सदन अवरुद्ध गर्दै आएका छन । सदन खुलाउन प्रधानमन्त्री माधव नेपालले अस्ति सोमवार मात्र दलका नेताहरुसंग छलफल गरेपनि यसमा कुनै प्रगति हुन सकेको छैन । असोज मसान्त सम्म पनि सदनवाट वजेट पास नभए नेपालमा संवैधानिक संकट आउन सक्छ । बजेटमा अहिले सम्म सामान्य छलफल समेत हुन सकेको छैन ।
Tuesday, August 25, 2009
Thursday, August 13, 2009
झाडा पखाला संगै गलत अफवाह पनि
प्रकाश गिरी
डाक्टरहरुले झाडा पखालावाट प्रभावित दैलेखवासीलाई यो रोग श्वास प्रश्वासवाट वा कसैको नजिक बस्दैमा सर्दैन भनेर हजारौं पटक भनिसकेका छन । उनीहरु पनि डाक्टरको छेउमा निकै कुरा वुझेझैं गर्छन र जान्छन । तर डाक्टरहरुवाट अलिकति ओझेल पर्ने वित्तिकै झाडा पखाला त सर्छ भन्न थालिहाल्छन । कस्तो अचम्म हेर्नुस नजहाँ झाडा पखालाले सिगै जिल्ला प्रभावित छ त्यहाँयो रोग सर्छ भनेर कसैले पनि विरामीको रेखदेख समेत राम्रो संग गर्दैन । अनि परेन फसाद भयो के भनेगत साउन १४गते दैलेखको भैरेकालिकाथुम वस्ने अवि जैसी विरामी वृद्ध आमालाई वोकेर शिविरमा आएउपचारको लागि । उपचार हुदै थियो । उनी चाहि आमाको कुरुवा वसे । तर कस्तो दुर्भाग्य यहि अस्पताल वसाइको क्रममा उनलाइ पनि झाडा पखाला लाग्यो र १८गते मृत्यु भयो । अझ दुखद कुरा के भने विरामी आमाले पनि भोलि पल्ट मृत्युवरण गरिन । जैसी परिवार शोकमा डुब्यो तर स्थानीयवासिन्दालाई भने शंका ल्ााग्यो कि यो विरामीसंगसंगै वस्दा सर्ने रोग पो रहेछ भनेर । यति मात्र कहा हो र १४ गते नै यसै ठाउमा वस्ने डिल्लि प्रसाद उपाध्यायको पनि झाडापखालाकै कारण मृत्यु भयो । संगसंगै भर्ना भएकी थिइन उनकी श्रीमती कौशिला उपाध्याय पनि । उनी चाहि १७ गते परलोक भइन । विचरा सोझा जनताले अनि के गरुन यो सरुवा रोग हो नभनेर । लाख कोशिश गरे डाक्टरहरुले यो रोग विरामीे संगै वस्दा सर्दैन भनेर सम्झाउन । तर अव पत्याउने कसले उनीहरुको अहिले पनि आधा काम यो रोग यसरी सर्दैन भनेर वताउने नै हो ।झाडा पखालाकै कारण यो गाविसमा मात्र ८ जनाको मृत्यु भयो । त्यसपछि सरकारी अनि गैरसरकारी तवरवाट उपचार अनि स्वास्थ्य परामर्श दिन थालियो । तव मात्र जनताले अलि अलि पत्याउन थाले । तर अहिले पनि उनीहरु आफु आफु कुरा गर्दा वा कोही नया मानिस आउनासाथ यो कुरा भन्न भने छुटाउँदैनन । झाडा पखालाको वारेमा वुझन सरकारी कामको अुनगमन गर्न गत आइतवार स्वास्थ्य मन्त्री उमाकान्त चौधरी यो गाविसमा पुग्दा पनि स्थानीयबासीमा यो शंका कायमै थियो । स्वास्थ्य चौकिमा आएका अधिकांश मानिस मुख छोपेर वसेका देखिन्थे । खुला चौरमा मन्त्रीले यो रोग श्वास प्रश्वास वा नजिक वस्दैमा सर्दैन भन्दा त बढी उनीहरुले खासखुस गरे । केहिले मन्त्रीको यस्ता कुरामा ताली बजाए तर अधिकांशको मन भने अझै गहु्रगो नै भइरहेको थियो । किनभने उनीहरु त यो रोगका विरामीहरुको स्याहार सुसार त कता हो कता तिनीहरुसंग वोल्न समेत छोडन थालिसकेका थिए । अनि आश्चर्यमा नपरेर के गरुन त उनीहरुको चालामाला देख्दा सदरमुकामतिरका स्वास्थ्य कार्यालयमा टासिएको झाडा पखालाको लक्षण र यसलाई नियन्त्रण गर्ने उपायको वारेमा लेखिएको पर्चा औचित्य हिन लाग्दथ्यो । निराक्षर सर्वसाधारणले त्यो नवुझ्नु सामान्य नै भयो ।उनीहरु मृत्यको भयवाट कतिसम्म त्रसित थिए भने झाडा पखाला लागेको विरामीलाइ जीवनजल ख्वाउने तरिका स्वास्थ्यकर्मीले बताए लगत्तै उनीहरु प्याकेट खोलेर मुखमा हालेर निलिदिन्थे ।
मन्त्री गएकै दिन भैरेकालिकाथुममा तीनजना राउटे पनि आएका थिए । उनीहरु सामान्य विरामी भएका रहेछन। विरामी छ डाक्टर छ औषधि छ र पनि समस्या आइलाग्यो ।विरामी औषधि खानै मान्दैनन । मन्त्री चौधरीले आग्रह गरेपछि मात्र उनले औषधि खान्छु भने ।

२२दल एक ठाउँ
प्रकाश गिरी
सत्तारुढ २२दलको विहिवार साउन २९गते प्रधानमन्त्री निवास वालुवाटारमा वसेको वैठकले उपराष्ट्रपति परमानन्द झालाइ नेपाली भाषामा पुन सपथ लिन आग्रह गरेको छ । अन्तरिम संविधानमा मातृभाषामा सपथ लिने ब्यवस्था नभएकॊले यसपटक नेपालीमा नै सपथ लिन यी दलहरुले आग्र गरेका हुन । गत वर्ष उपराष्ट्रपति भएपछि झाले नेपालीमा सपथ लिनु असंवैधानिक भन्दै सर्वोच्च अदालतमा परेको रिटमा सुनुवाइ गर्दै अदालतले उहालाइ पुन नेपाली सपथ लिन निर्देशन दिएको थियो । तर उपराष्ट्रपति झाले भने मानिरहनुभएको छैन । त्यस्तै २२दलको वैठकले भदौ १ हुने संवैधानिक समितिको सभापतिको उम्मेदवार साझा वनाउने कसरत पनि गरेका छन । तर वैठकमा साना दलले भने माले नेता सि पी मैनालीलाइ पनि उम्मेदवार उठाउने वताएर साझा उम्मेदवार तय गर्न वाट रोकेका छन । सभापतिको लागि कांग्रेसले नीलाम्वर आचार्य तथा माओवादीले डा।वावुराम भट्टराइलाइ उठाउने निर्णय गरेको छ । यो वैठकमा माओवादी भने सहभागी थिएन । वहुमत सदस्य कांग्रेस उम्मेदवारको पक्षमा रहेकोले छिटै नाटकिय परिवर्तन भएन भने संवैधानिक समितिको अध्यक्षमा निलाम्वर आचार्य निर्वाचित हुने लगभग निश्चित छ ।

Tuesday, May 19, 2009
साम्यवादी एकल निर्णयबाट पार्टी चल्न सक्दैन । शरतसिंह भण्डारी नेता, मधेशी जनअधिकार फोरम

एनेकपा माओवादीले पटक-पटक गरेको प्रतिबद्धता कार्यन्वयन गरेन र सर्वसत्तावादी ढंगले सरकार चलाउन खोज्यो । माओवादी सहमतीको आधारमा चल्न नचाहेकाले वैकल्पिक गठबन्धनमा लागेका हौं । अर्को कुरा संविधानसभा रहेका २४ मध्ये २२ दल अहिले बनेको प्रजातान्त्रिक गठबन्धनमा छ ।
तपाईहरुसँग सरकारले गरेको सम्झौता नयाँ गठबन्धनले पुरा गर्ला ?
पहिला पनि फोरम न्यूनत्तम साझा समझदारीकै आधारमा सरकारमा सहभागी भएको हो । अहिले पनि न्यूनत्तम साझा समझदारी बनाएरै सरकार जाँदैछौं । सम्झौता पुरा गर्ने प्रतिबद्धता आईसकेको छ ।
फोरम केन्द्रीय समितिले सरकारमा सहभागी हुने निर्णय गरेको छैन नि ?
हाम्रो पार्टीका ५३ मध्ये ३२ सभासदले सरकारमा जाने निर्णय गरिसकेक छन् । जेठ ५ गते बस्न लागेको केन्द्रीय समितिको वैठकले पनि बहुमत सभासदको भावना बुझेर निर्णय गर्नेछ ।
केन्द्रीय समितिले तपाईहरुको विपक्षमा निर्णय गर्यो भने फोरम विभाजित हुन्छ ?
म दोहोर्याएर भन्छु, केन्द्रीय समितिले हाम्रै पक्षमा निर्णय गर्छ । पार्टीलाई संस्थागत निर्णय र लोकतान्त्रिक किसिमले चलाउनु पर्दछ । साम्यवादी एकल निर्णयबाट पार्टी चल्न सक्दैन ।
फोरम अध्यक्ष उपेन्द्र यादवले भने जस्तै बाहिरै बसेर सरकारलाई समर्थन गर्दा के हुन्छ ?
अब बन्ने सरकार बलियो र स्थिर बनाउन फोरम सरकारमा जान लागेको हो । हामी मात्रै हैन माओवादी पनि सरकार सहभागी हुनुपर्छ ।<
Monday, May 18, 2009
संकल्प प्रस्ताव पेश हुन नदिइने
राष्ट्रपतिको प्रधानसेनापति सम्वन्धि निर्णय बिरुद्ध संसदमा संकल्प प्रस्ताव ल्याउने माओवादीको योजनालाई असफल पार्न नेपाली कांग्रेस र एमालेले सहमति गरेका छन् । नेपाली काँग्रेस र नेकपा एमालेले राष्ट्रपतिको प्रधानसेनापतिसम्बन्धि निर्णयविरुद्ध माओवादीलाई संकल्प प्रस्ताव पेश गर्न नदिने सहमति गरेका छन् । जेठ ५ गते बिहान कांग्रेस सभापति गिरिजाप्रसाद कोईराला निवासमा उनी र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको छलफलमा माओवादीलाई संकल्प प्रस्ताव ल्याउन नदिने सहमति भएको हो । सरकार गठन नै अहिलेको पहिलो आवश्यकता भएकोले सरकार गठनमा लाग्नु पर्नेमा दुवै नेताको सहमति रहेको छलफलमा सहभागि नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले बताए । सिटौलाका अनुसार, दुई नेताबीच माओवादीलाई संसदको गतिरोध रोक्न आग्रह गर्ने पनि सहमति भएको छ ।
सभामुखलाई ३४९ सभासदको हस्ताक्षर
एमाले वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा सरकार बनाउन मधेशी जनअधिकार फोरम सहमत भएपछि २२ दलका ३ सय ४९ सभासदको हस्ताक्षर सभामुख सुवासचन्द्र नेम्वाङ्गलाई बुझाइएको छ । सभामुख नेम्वाङ्गले सरकार गठनको प्रकि्रया छिट्टै शुरु गर्ने बताएका छन् । एमाले वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा सरकार गठन प्रकि्रया अगाडि बढाउन जेठ ३ गते २२ दलका ३ सय ४९ सभासदद्धारा हस्ताक्षरित पत्र बुझेपछि सभामुख नेम्वाङ्गले कार्यव्यवस्था समितिको वैठक बोलाएर सरकार निर्माण प्रकि्रया अगाडि बढाउने बताएका हुन । हस्ताक्षर सहितको पत्र बुझाउन नेता नेपाल, फोरम सहअध्यक्ष जयप्रकाशप्रसाद गुप्ता, विजयकुमार गच्छदार लगायतका नेताहरु गएका थिए ।
Monday, February 16, 2009
एमाले महाधिवेशन उद्घाटन

Subscribe to:
Posts (Atom)