Tuesday, January 04, 2011

सर्वसत्तावादको तयारी

काठमाण्डौं,फागुन ६ गते ।नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले एमाले र माओवादीबीच भएको ७ बुँदे सहमति मुलकका लागि घातक भएको बताउनुभएको छ । नेपालगाज जानेक्रममा आज दाङ क्षेत्र नम्बर २ को पाखापानीमा भएको कार्यक्रममा सभापति कोइरालाले सात बँुदे सहमति दुई व्यक्तीबीच वन्द कोठामा भएको भन्दै यसलाई कांग्रेसले स्विकार गर्न नसक्ने स्पष्ट पार्नुभयो । उहाले सर्वसत्तावाद लादने उदेश्यले सातहमति भएको टिप्पणी गर्नुभयो । उहाँले कांग्रेस प्रजातन्त्रबादी पार्टी भएकोले बहुलबादको सिद्धान्तमा अडिग रहेको बताउनुभयो । प्रजातन्त्रको रक्षुका लागि कांग्रेसका नेता तथा कार्यक्रर्तालाई एक जुट भई अगाडि बढ्न पनि उहाँले आग्रह गर्नुभयो । उहाले संविधानका अधिकांश मुद्धामा सहमति भइसकेकोले समयमा संविधान निर्माण हुने विश्वास ब्यक्त गर्नुभयो ।

८३ बुदामा सहमति हुन बाकी

संविधानसभामा प्रतिनिधित्व गर्ने २८ दलबीच उच्चस्तरीय कार्यदलमा सहमति जुट्न नसकेका संविधान निर्माणसम्बन्धी ८३ बुदामा आजबाट छलफल सुरु भएको छ । िसंहदरवारमा आज बसेको २८ दलको बैठकले यसअघि उच्चस्तरीय कार्यदलमा सहमति भएका एक सय २७ बुँदालाई अनुमोदन गरेको छ । कार्यदलमा सहमति भएका एक सय २७ बुँदामध्ये न्यायपालिकाको विषयलाई भने असहमतिको बुँदासहित संवैधानिक समितिमा पठाउने निर्णय भएको छ । आजबाट छलफल सुरु भएको विवादित ८३ बुँदामध्ये आज संविधानको प्रस्तावनाको पहिलो बँुदामै दलहरुबीच विवाद उत्पन्न भएको छ । प्रस्तावनाको पहिलो बँुदामा रहेको नयाँ संविधानको नामका विषयमै दलहरुबीच विवाद देखिएको छ । प्रस्तावनामा यसअघि विषयगत समितिबाट पनि केही फरक प्रस्ताव आएका थिए । दलहरुले संविधानको नामका लागि समाजवाद उन्मुख गणतन्त्र नेपालको संविधान गणतन्त्र नेपालको संविधान जनताको संघीय गणतन्त्र नेपालको संविधानलगायत प्रस्ताव गरेका छन् । आजबाट सुरु भएको असमतिका ८३ बुँदामा राज्यको शाककीय स्वरुप बहुलवाद न्यायपालिकालगायत छन् ।

Friday, December 24, 2010

विश्व सम्पदा सुचीमा रहेको प्रतापपुर मन्दिर क्षतिग्रस्त ।

काठमाण्डौं,माघ ३ गते मंगलवार । विश्व सम्पदा सुचीमा स्वयम्भुमा रहेको प्रतापपुर मन्दिर चटयाङमा परि क्षतिग्रस्त भएको छ । आज विहान परेको चटयाङले मन्दिरको अधिकांश भाग क्षतविक्षत भएको हो । तत्कालीन राजा प्रताप मल्लले निर्माण गरेको प्रतापपुर मन्दिरको चार ठाउँमा चट्याङ परेको थियो । चटयाङले मन्दिरको जगमा समेत असर पुग्ोको छ । चटयाङ पर्दा मन्दिरका सामग्री दुई किलोमिटर परसम्म उछिट्टिएका थिए । मन्दिरबाहिरको एउटा मूर्ति पनि पूर्णरुपमा क्षतिग्रस्त भएको छ । क्षति निरीक्षण गर्न आजै पुरातत्व विभागका पदाधिकारीहरु मन्दिरमा पुगेका थिए । स्वयम्भु व्यवस्थापन तथा संस्कृति महासमितिले विश्व सम्पदा सूचीमा रहेको यो मन्दिर तत्काल पुनःनिर्माण गर्न माग गरेको छ । यसअघि २०६० साल साउन १९ गते पनि चटयाङ परेर प्रतापपुर मन्दिरमा आगलागी भएको थियो ।

Wednesday, December 22, 2010

एकलौटी ढंगले अघि बढे परिणाम राम्रो हुदैन-प्रधानमन्त्री नेपाल

प्रधानमन्त्री माधवकुमार नेपालले कांग्रेस नेता रामचन्द्र पौडेललाई प्रधानमन्त्री बनाउनुपर्ने प्रस्ताव गरेपछि एमालेमा मतभेद देखिएको छ । िसंहदरवारमा आज बसेको एमाले संविधान सभादलको बैठकमा प्रधानमन्त्री नेपालको यो प्रस्तावप्रति एमालेका संस्थापन पक्षका सभासद्ले आलोचना गरेका हुन् । प्रधानमन्त्री नेपालले रामचन्द्र पौडेललाई प्रधानमन्त्री बनाउनुपर्ने प्रस्ताव गरेकोमा केही सभासद्ले आलोचना गरेपछि प्रधानमन्त्री नेपाल निकै आक्रोषित बन्नुभएको थियो । सभासद्हरुको आलोचनापछि प्रधानमन्त्री नेपालले पार्टी नेतृत्व एकलौटी अघि बढे नराम्रो परिणाम भोग्नुपर्ने चेतावनी नै दिनुभयो । प्रधानमन्त्री नेपालले राजनीतिक गतिरोधका सन्दर्भमा नेतृत्वको नीति असफल भइसकेको र आफ्नै पार्टीका नेता तथा मन्त्री कुटिँदासमेत माओवादीको आलोचना गर्न नसकेको भन्दै बैठकमा नेतृत्वको चर्को आलोचना गर्नुभयो । माओवादीले एमाले नेतृत्वको सरकार प्रति अविश्वास पैदा गराउने अभिव्यक्ति दिएकै कारण आफुले पौडेललाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरेको जवाफ नेपालले दिनुभएको थियो । वैठकमा प्रधानमन्त्री नेपालले विश्व परिवेश र लोकतन्त्रको सुदृढीकरणका लागि कांग्रेससंग सहकार्य गर्नुपर्ने तर हतियार सहितको माओवादीको नेतृत्व स्वीकार्न नसकिने स्पष्ट पारेपछि बैठकमा स्पष्ट दुई धार देखीएको थियो । बैठकपछि प्रधानमन्त्री नेपालले माओवादीलाई विशेष अधिवेशन सम्वन्धी प्रस्ताव फिर्ता लिन आग्रह गर्ने र माओवादी पछि नहटे विपक्षमा मतदान गर्ने बताउनुभयो । एमाले अध्यक्ष झलनाथ खनालले भने यसअघि केन्द्रिय समितिले गरेको निर्णय संसदीय दलले पारित गरेको र एमाले आफ्नो निर्णयमा अडिग रहेको स्पष्ट पार्नुभयो । बैठकले माओवादी र कांग्रेस दुवैको प्रस्तावको विपक्षमा मतदान गर्न निर्देशन दिएपछि सभासदहरुले सरकारको नेतृत्वकर्ता दलको नाताले एमालेले सहमति खोज्नुको सट्टा असहमतिको कारण बनेको भन्दै नेतृत्वमाथि खनिएका थिए ।

माओवादी विरुद्ध कांग्रेस-एमाले

प्रकाश गिरी
नेपाली कांग्रेस र नेकपा एमालेले भोलि संसद्को विशेष अधिवेशनमा माओवादीले पेस गर्ने प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेका छन् । एमाले संसदीय दलको कार्यालय िसंहदरवारमा आज बसेको दुई दलको बैठकले माओवादीलाई विशेष अधिवेशनसम्बन्धी प्रस्ताव फिर्ता लिन आग्रह गर्ने र अटेर गरे प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको कांग्रेस नेता अर्जुननरिसंह केसीले जानकारी दिनुभयो । नेता केसीले बैठकमा अनमिनको विकल्प र रामचन्द्र पौडेललको उम्मेद्वारीका विषयमा पनि छलफल भएको बताउनुभयो । नेता केसीले अनमिनको विकल्पमा विशेष समितिलाई सुदृढ बनाउनेमा दुवै दलबीच सहमति भएको जानकारी पनि दिनुभयो । गृहमन्त्री भीम रावलले एमाले केन्द्रीय कमिटीको निर्णयअनुसार माओवादीको प्रस्तावको विपक्षमा मतदान गर्ने सहमति भएको बताउनुभयो । रावलले पनि संविधानअनुसार विशेष समितिअन्तर्गतको सचिवालयलाई सुदृढ बनाउन दुबै दल सहमत भएको जानकारी दिनुभयो । अनमिनको श्रोत साधनलाई सरकारले प्रयोग गर्नसक्ने सम्भावना बढेको भन्दै गृहमन्त्री रावलले अनमिनको श्रोत साधन सरकारको निगरानीमा विशेष समितिले प्रयोग गर्नेबारे अनमिनलाई पत्र पठाउने सहमति भएको जानकारी पनि दिनुभयो । आजै बसेको तराई-मधेस लोकतान्त्रिक पार्टीको संसदीय दलको बैठकले पनि माओवादीले संसदमा पेस गर्ने प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । यसैबीच आज बस्ने भनिएको तीन दलको बैठक माओवादी नेताहरुको व्यस्तताका कारण भन्दै स्थगित गरिएको छ ।

Friday, May 07, 2010

wow


माओवादीको देशब्यापी आम हडतालशान्ति प्रकि्रया धरापमा

एकीकृत नेकपा माओवादीको आमहड्तालको छैठौं दिन आज पनि काठमाडौं उपत्यकालगायत देशभरको जनजीवन कष्टकर बन्यो । आज पनि ठाउँठाउँमा तोडफोड र झडप भएका छन् ।आज पनि माओवादीका कार्यकर्ताले काठमाडौंका विभिन्न स्थानमा प्रदर्शन गरेका थिए । त्यस क्रममा कतिपय स्थानमा झडप भएका थिए । विहानैदेखि ललितपुरका विभिन्न स्थानमा स्थानीय बासिन्दाको समूह र माओवादी कार्यकर्ताबीच्ा झडप भएको थियो । शान्तिर् यालीमा सहभागी हुन वसन्तपुर आउँदै गरेको उद्योग वाणिज्य महासंघ ललितपुरकॊ समूहलाई माओवादी कार्यकर्ताले कुपण्डोलमा अवरोध गरेपछि तनाव उत्पन्न भएको थियो । माओवादी कार्यकर्ताले शान्तिर् यालीमा जाने समूहलाई जान नदिएपछि झडप भएको थियो । माओवादी कार्यकर्ताले शान्तिर् यालीमा सहभागी हुन सहँडेकाहरुलाई आक्रमण गरेपछि स्थिति तनवग्रस्त भएको थियो । कुपण्डोलको टोलीलाई नेतृत्व गरेका माओवादी नेता देव गुरुङ र पम्फा भुसालले कार्यकर्तालाई शान्तिर् यालीमा सहभागी हुन हिँडेकालाई आक्रमण नगर्न आग्रह गरे पनि माओवादी कार्यकर्ताले नेताहरुको आग्रहसमेत अटेर गर्दै आक्रमण गरेका थिए । शान्तिर् यालीमा सहभागी हुन हिँडेको समूहमाथि माओवादी कार्यकर्ताले कुटपिट गरेपछि स्थिति थप तनावग्रस्त बनेको थियो । त्यसपछि प्रहरीले लाठिचार्च गरेको थियो ।कुपण्डोलको झडपमा एक सभासद्सहित दुई जना घाइते भएका थिए । विहान झडप भएको कुपण्डोल दिनभर शान्त बने पनि दिउँसो लालितपुरको पटनमन्दिरमा तनाव बढेको थियो । शान्तिर् यालीको नाममा स्थानीय बासिन्दाको समूह विभिन्न नारा लगाउँदै पाटनमन्दिर परिसरमा पुगेको थियो । उनीहरुले त्यहाँ माओवादीको झन्डासहित आएको गाडी पल्टाइदिएका थिए । त्यसपछि पाटन कृष्णमन्दिरको अवस्था तनावग्रस्त बनेको थियो । माओवादीविरुद्ध विभिन्न नारा लागउँदै आएको समूहले शान्तिर् यालीमा सहभागी हुन स्थानीय बासिन्दालाई घन्ट बजाएर सूचनासमेत दिएको थियो । स्थानीय युवाहरुले पाटन कृष्णमन्दिरमा नाराजुलुस गरिरहेपछि लाठ्ठी र रडसहित आएका माओवादीका कार्यकर्ताले लखेटेका थिए । त्यस क्रममा माओवादी कार्यकर्ताले ढुंगा प्रहार गर्दा केही स्थानीय बासिन्दा घाइते भएका छन् । झडप नियन्त्रण गर्न प्रहरीलाई हम्मे-हम्मे परेको थियो । पाटनका स्थानीय बासिन्दाको समूहले स्थानीय बासिन्दाको शान्तिपूर्ण र् यालीमा माओवादी कार्यकर्ताले आक्रमण गरेको बताएका छन् ।

look