Sunday, March 04, 2012

एमालेको गाली पुराण खुलामञ्चमा

Jhalanath khanal
शान्ति र संविधानको लागि दबाव तथा पार्टीको आन्तरिक एकताको सन्देश दिन भन्दै आइतबार देशभरबाट कार्यकर्तालाई खुलामञ्च बोलाएको एमालेले यो भन्दा बढी गाली पुराण सुनायो । खुलामञ्च र आसपासमा भरिभराउ कार्यकर्ता देखेर उत्साहित भएका एमाले शीर्ष नेताहरुले माओवादी र कांग्रेसले केही गर्न नसकेकोले एमालेले मात्रै देशलाई निकास दिनसक्ने बताए । तर, पहिलेदेखि भन्दै आएको उही मध्यमार्गी धार बाहेक निकास दिने अचुक उपाय के हो भन्ने चाहिं कसैले केही भनेनन् । ‘माओवादी र कांग्रेसले लोकतन्त्र बचाउन सक्दैनन्’ पार्टी अध्यक्ष झलनाथ खनालले भन्नुभयो(’माओवादीमा ठूलो दलको अहम रहेको र कांग्रेसलाई आफूमात्रै लोकतन्त्रको मसिहा भन्ने भ्रम छ । तर वास्तवमा लोकतन्त्र बचाउन एमालेबाट मात्र सम्भव छ ।’ तर कसरी भन्ने जवाफ भने खनालसित पनि छैन ।

Friday, February 03, 2012

राजदूतहरुको नाम अनुमोदन

प्रस्तावित राजदूतहरु
संसदीय सुनुवाई विशेष समितिले विभिन्न १० देशका लागि प्रस्तावित राजदूतहरुको नाम अनुमोदन गरेको छ । प्रस्तावित राजदूतहरुसँग बिहीबार र शुक्रबार छलफल गरि समितिले सर्बसम्मतले अनुमोदन गरेको हो । समितिको अनुमोदनपछि प्रस्तावित राजदूतहरुको नियुक्तिका लागि बाटो खुलेको छ ।

सरकारको नेतृत्वमा कांग्रेसको दाबी स्वाभाविक -दाहाल

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले सरकारको नेतृत्वमा नेपाली कांग्रेसको दाबी स्वाभाविक भएको बताउनुभएको छ । पार्टीको राज्य समितिका अगुवा कार्यकर्तालाई प्रशिक्षण दिन आइपुग्नुभएका प्रचण्डले पत्रकारहरुसँग कुरा गर्दै माओवादी र एमालेले दुई दुई पटक सरकारको नेतृत्व गरिसकेको सन्दर्भमा कांग्रेसको सरकारको नेतृत्वको दाबी जायज भएको बताउनु भयो । उहाँले भन्नुभयो’सकभर बाबुरामजी कै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाऔं, सम्भव नभए कांग्रेसको क्लम जायज हो ।’

लडाकूहरुको विदाई प्रक्रिया शुक्रबारबाट सुरु


स्वेच्छिक अवकाश रोजेका माओवादी लडाकूहरुको विदाई प्रक्रिया शुक्रबारबाट सुरु भएको छ । सेना समायोजन विशेष समिति अन्तरगतको सचिवालयले शुक्रबार चितवनको शक्तिखोरस्थित तेस्रो र नवलपरासीको झ्यालटुङ्गडाँडास्थित चौथो डिभिजनमा विदाई प्रक्रिया सुरु गरेको छ भने बाँकी पाँच बटा डिभिजनमा भोलीबाट सुरु हुनेछ । 

Sunday, January 15, 2012

नेपालको विजयी सुरुवात

कुवेतमा शुक्रबारबाट सुरु भएको एसीसी अन्डर १९ महिला च्याम्पियनसिप क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ ।

भारतसँगको सम्बन्धलाई थप विस्तार गर्न चिनियाँ प्रधानमन्त्रीको अनुरोध


काठमाडौं, माघ १(प्रधानमन्त्री बाबुराम भट्टराईले चिनियाँ र नेपाली पक्षको सल्लाह र सहमतिमै चिनियाँ प्रधानमन्त्री वेन जियाबाओको भ्रमणबारे प्रचार नगरिएको जानकारी दिएका छन्। आज बालुवाटारमा सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्री भट्टराईले चिनियाँ पक्षले भ्रमणबारे प्रचार नगर्न अनुरोध गरेपछि दवावको रुपमा नभई सहमतिमै भ्रमणबारे प्रचार नगरिएको स्पष्ट पारे | उनले चीनका प्रधानमन्त्री जियाबाओको नेपाल भ्रमण ट्र्रान्जिटु भ्रमणमात्र नभई औपचारिक सद्‍भाव भ्रमण भएको बताए।

माओवादीमा दुइटै प्रस्ताव तलैसम्म छलफलमा लगिने

काठमाडौं, माघ १ ( माओवादी केन्द्रीय समिति बैठकले अध्यक्ष पुष्पकमल दाहाल र बरिष्ठ उपाध्यक्ष मोहन वैद्यका प्रस्ताव तल्लो तहसम्म छलफलमा लैजाने निर्णय गरेको छ । आइतबार साँझ सकिएको बैठकले दुवै प्रस्तावलाई थाति राख्दै तल्लो तहसम्म छलफलमा लैजाने निर्णय गरेको प्रवक्ता दीनानाथ शर्माले जानकारी दिए । छलफल गर्ने स्वतन्त्रता प्रजातान्त्रिकरुपले जनवादी तरिकाले जारी राख्ने, उनले सञ्चारकर्मीसित भने, पार्टीलाई अनुशासित पनि बनाउने तर कार्यक्रममा भने एकताबद्ध भएर जाने निर्णय भएको छ । माओवादीले शान्ति र संविधानलाई निष्कर्षमा पुर्‍याउन पहल गर्नेसमेत निर्णय गरेको प्रवक्ता शर्माले जानकारी दिए । अहिलेको कार्यक्रम भनेको शान्ति र संविधान हो, उनले भने, त्यसको स्पिरिटका साथ पार्टी एकताबद्ध भएर अघि बढ्नेछ ।
केन्द्रीय समिति बैठकमा अध्यक्ष दाहालको शान्ति र संविधानको कार्यदिशासहितको प्रतिवेदनविरुद्ध वैद्यले जनविद्रोहको प्रस्तावसहितको प्रस्ताव पेश गरेका थिए । दुवै पक्षका नेताहरुलाई मिल्न दबाब दिएपछि दुइटै प्रतिवेदन थाति राखिएको हो ।
बैठकपछि उपाध्यक्ष वैद्यले पनि जनताको संघीय गणतन्त्र संस्थागत गर्दै जनसंविधान निर्माणका लागि पार्टी एक भएको बताए । यसअघि आइतबार रोल्पामा महोत्सव उद्‌घाटन गर्दै माओवादी अध्यक्ष पुष्पकमल दाहालले पार्टी नफुट्ने बताउँदै दुवै पक्ष एक भएको बताएका थिए । हिजो रातिमात्र दुवै प्रतिवेदनलाई एक बनाउने सहमति हामीबीच भएको छ,उनले भने,यो ताजा जानकारीले तपाईंहरुलाई हर्षित तुल्याउँछ भन्ने लागेको छ ।

Friday, January 13, 2012

चिनियाँ प्रधानमन्त्री काठमाडौंमा

काठमाडौ, पुस ३० ( चिनियाँ प्रधानमन्त्री वेन जियाबाओ एक दिने भ्रमणका लागि काठमाडौं आइपुगेका छन् । उनी ११ बजेर ५३ मिनेट जाँदा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका थिए ।
चाइन एयरको बिशेष विमानबाट आएका जियावओलाई प्रधानमन्त्री डा। बाबुराम भट्टराई, सभामुख सुभाष नेम्वाङ् तथा मन्त्रीहरुले विमानस्थलमै स्वागत गरेका थिए ।
औपचारिक स्वागतपछि चिनियाँ प्रधानमन्त्री जियाबाओ भीआइपी लाउञ्च तर्फ लागेका थिए भने प्रधानमन्त्री भट्टराई, सभामुख नेम्वाङ्सहितका नेताहरु फर्केका थिए ।
प्रधानमन्त्री भट्टराई तथा मन्त्रीहरु सिंहदरवार पुगेको करिव १० मिनेटमा जियावाओ सिंहदरवार पुगेका थिए ।
यसअघि चिनियाँ प्रधानमन्त्रीको भ्रमणका विषयलाई लिएर शनिबार बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक बसेको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकका निर्णयहरु भने गोप्य सार्वजनिक गरिएको छैन ।
बैठकपछि अन्य कुनै पनि मन्त्रीले संचारकर्मीसंग कुरा गर्न चाहेनन् भने अर्थ मन्त्री वर्षमान पुनले चिनियाँ प्रधानमन्त्रीको भ्रमणका बेला हुनसक्ने आर्थिक सम्झौताहरु बारे छलफल भएको बताएका थिए । चिनियाँ प्रधानमन्त्री जियावाओले प्रधानमन्त्री, सभामुख तथा राजनीतिक दलका नेताहरुसंग सिंहदरवारमै भेटवार्ता गर्नेछन् भने राष्ट्रपति डा‌। रामवरण यादवसंग शितलनिवासमा भेट्बार्ता गर्नेछन् ।
उनको सवारी चलाउनका लागि विमानस्थलदेखि सि‌हदरवारसम्मको बाटो खाली गराइएको थियो । पानीले पखालिएको छ । सडक डिभाइडरहरु राति नै हटाइएको थियो ।

Sunday, December 11, 2011

तीन दलका ठूला नेताले मुलुक बिगारे-गच्छदार

उपप्रधानमन्त्री एवं गृहमन्त्री विजयकुमार गच्छदारले प्रमुख तीन दलका ठूला नेताका कारण मुलुकको अवस्था बिग्रन पुगेको आरोप लगाएका छन्। मानवअधिकार राष्ट्रिय महाभेला २०६८ को आइतबार समापन गर्दै उनले तीन ठूला दलका नेताले राजनीति बिगारेको र त्यसको दुष्प्रभाव देशलाई परेको बताए।

पूर्व प्रधानमन्त्री र गृहमन्त्रीहरूलाई सुरक्षा व्यवस्था उपलब्ध गराउन निर्देशन

संसद्को राज्य व्यवस्था समितिले पूर्व प्रधानमन्त्री र गृहमन्त्रीहरू लगायतले उपयोग गर्दै आएको सरकारी सुविधाबारे सर्वोच्च अदालतको आदेशलाई सम्मान गर्दै पुनरावलोकन गरी सुरक्षा व्यवस्था उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ। उपप्रधानमन्त्री तथा गृहमन्त्री विजयकुमार गच्छदारलाई समितिको बैठकमा बोलाएर तत्काल आवश्यक निर्णय गर्न निर्देशन दिएको हो ।