Friday, February 06, 2015

पारशको पराक्रम

काठमाण्डौं,माघ ११ गते । शनिवारको खेलमा पनि नेपाल केन्या संग पराजित भयो । डिभिजन दुई पक्का गरेपनि डिभिजन एकमा उक्लने नेपालको चाहना पुरा हुन सकेन । र, यो चाहनामा ठेस लगाउने टिम केन्या नै वन्यो । तर,कप्तान पारश खडका भने सर्वाधिक सफल रहे । दुई वटा खेलमा उनकै कारणले राम्रो नतिजा ल्याएपछि उनी त्यतिवेला म्यान अफ द म्याच भए तर यतिवेला चाहि नेपाल चौंथो नम्वरमा परेपनि उनी म्यान अफ द सिरिज भए । तर नेपाल चाहि शनिवारको खेलमा केन्या संग पराजित भयो र उनी स्वयम पनि शुन्य बलमा नै आउट भए ।

वहुपहिचान माने सहमति हुन्छ-दाहाल

काठमाण्डौं,माघ २४ गते । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले सत्तासिन दलले वहुपहिचान स्विकार गरे सहमति हुन सक्ने वताएका छन । शनिवार विराटनगरमा सञ्चारकर्मीसंग वोल्दै उनले बार्ता र सहमतिको सम्भावना अझै रहेको समेत खुलाए । शुक्रवार दस लाख सेना तयार पार्ने उत्तेजक
भाषण गरेका दाहालले शनिवार वोली फेर्दै वार्ताको सम्भावना रहेको वताएका हुन । उनले सत्तासिन दलले वहुपहिचान समेत नस्विकार गरेकोले अवस्था विग्रिएको खुलासा गरे । उनले जातजातिलाई आफुले जुधाउन खोजेको भन्ने सत्तासिन दलको आरोपको खण्डन गरे । उनले सवैलाई समान अधिकार र पहुच दिन खोज्दा यस्तो आरोप लागेको वताए । दाहालले अन्तरिम संविधान र शान्ति सम्झौता अनुसार अघि बढेमा प्रक्रियामा गएर भएपनि संविधान जारी गर्न आफुहरु सहमत भएको बताए ।

सवारी साधनको भाउ घटाउन विद्यार्थीको अल्टिमेटम

काठमाण्डौं,माघ २४ गते । सत्तारुढ दलका विद्यार्थी संगठनले सार्वजनिक सवारी साधनको भाडा घटाउन तिन दिने अल्टिमेटम दिएका छन । शनिवार अनेरास्ववियुको कार्यालयमा वसेको वैठकले यस्तो निर्णय गरेको हो ।
अन्र्तराष्ट्रिय बजारमा कच्चा तेलको भाउ घटेपछि नेपालमा पनि निरन्तर भाउ घटिरहेको छ । तर यसको अनुपातमा सार्वजनिक सवारी साधनको भाडा भने घटेको छैन । ब्यावसायी आफैले भाडा घटाउन पहल गर्नुको बदलामा सरकार समेत मौन रहेपछि विद्यार्थीसंगठनहरु तातेका हुन । त्यस्तै,ग्यासको कृत्रिम अभाव हटाई दोहोरो मुल्य हटाउन पनि उनीहरुले माग गरेका छन ।

यो जवानी म लुकाउ कसरी ?


Sunday, June 15, 2014

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउने

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी साउनको तेस्रो साता नेपाल भ्रमणमा आउने भएका छन् । मोदी नेपाल आए भारतीय प्रधानमन्त्रीको सन् १९९७ पछि पहिलो भ्रमण हुनेछ ।
प्रधानमन्त्रीका रुपमा पहिलो विदेश भ्रमणका क्रमा आइतबार भुटान गएका मोदी जापानपछि नेपालको भ्रमणमा आउने भएका हुन् । मोदी नेपाल(भारत सम्वन्धलाई अझ उचाइ दिनेबारे बृहत छलफल गर्न अगष्ट पहिलो साता काठमाडौं जाने तय भएको भारतीय पत्रिका ‘दि टेलिग्राफ इण्डिया’ले जनाएको छ । रमण टोलीमा विदेशमन्त्री सुश्मा स्वराज, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, विदेश सचिव सुजाता सिंह लगायत रहने बताइएको छ ।
मोदीले आफ्नो सपथमा सार्क मुलुकका राष्ट्र तथा सरकार प्रमुखलाई बोलाएका थिए । सपथ ग्रहणमा सहभागी हुन दिल्ली पुगेका प्रधानमन्त्री कोइरालासँग मोदीले छुट्टै भेटवार्ता समेत गरेका थिए ।

प्रधानमन्त्री कोइराला उपचारका लागि अमेरिका जाने

प्रधानमन्त्री सुशील कोइराला स्वास्थ्योपचारका लागि सोमबार साँझ ८ बजे अमेरिका उड्ने भएका छन् । प्रधानमन्त्रीसँगै निजी चिकित्सक प्रा.डा. करवीरनाथ योगी, कांग्रेस नेतृ मृदुला कोइराला, अतुल कोइराला र सुरक्षागार्ड प्रकाश देउजा समेत अमेरिका जाने प्रधानमन्त्रीका प्रेस सहयोगी प्रकाश अधिकारीले जानकारी दिए । प्रधानमन्त्री कोइरालाले असार ५ गते म्यानहटनस्थित स्रोल्न क्याटरिङ क्यान्सर अस्पतालमा स्वास्थ्य चेकजाँच गराउने छन् । चीन कुनमिङ भ्रमणपछि स्वदेश फर्किएलगत्तै स्वास्थ्य परीक्षण गर्दा फोक्सोमा दाग देखिएपछि कोइराला उपचारका लागि अमेरिका जान लागेका हुन् । फोक्सोमा सानो दाग देखिएपछि कोइरालालाई चिकित्सकहरुले समय मिलाएर उपचारका लागि अमेरिका जान सुझाव दिएका छन् ।
सात वर्षअघि जिब्रोको क्यान्सरको शल्यक्रिया गराएपछि कोइराला प्रत्येक वर्ष नियमित स्वास्थ्य चेकजाँचका लागि अमेरिका जाने गरेका छन् ।

प्रिती जिन्टामाथि सार्वजनिक स्थलमा यौन हिंसा

बलिउड नायिका प्रिती जिन्टाले आफ्ना पूर्वप्रेमी नेस वाडिया विरुद्ध यौन हिंसाको आरोप लगाएकी छिन् । आइपीएल क्रिकेटको क्रममा  आफूलाई वाडियाले यौन हिंसा गरेको आरोप प्रितीले लगाएकी छिन् । थाने प्रहरीमा उजुरी हाल्दै प्रितीले पूर्व प्रेमीको बिषयमा मुख खोलेकी हुन् । उजुरी दर्ता भएसँगै प्रहरीले जाच सुरु गरेको छ । ५ बर्ष लामो सम्बन्ध पश्चात प्रिती र नेसविच ब्रेकअप भएको थियो । प्रहरीले खेलका क्रममा भएको घटनाको सीसीटीभी फुटेज चेक गर्ने जनाएको छ । प्रितीले आफ्नो जीन्दगी स्वाभिमान पूर्वक बाँचेको भन्दै सार्वजनिक स्थलमा नै नेसले वेइजत गर्दा आफ्नो साथमा कोही नभएको बताएकी छिन् । उनले आफू समक्ष अन्य विकल्प नभएकाले यो कदम चालेको बताइन् ।

Thursday, June 12, 2014

प्रकाण्डमाथि प्रचण्ड कारवाही

प्रकाश गिरी
भुमिगतकालमा कमरेड प्रकाण्ड भनेर चर्चित कालिकोटका खडगवहादुर विश्वकर्मा नेकपा माओवादीको कारवाहीमा परेका छन । एनकेपा माओवादी हुदा पनि खरो र कडा कुरा गर्ने उनी खासमा नेत्र विक्रम चन्द पक्षधर नेता हुन । पछिल्लो समय नेकपा माओवादीमा सक्रिय प्रकाण्ड पार्टी नीति विपरित चलेको,समानान्तर कमिटी गठन गरेको,आर्थिक संकलन गरेको आरोपमा कारवाहीमा परेका हुन ।

कोईरालाको मुखमा तुलसीपत्ता

कोईरालाको मुखमा पानपराग र तुलसी पत्ता कहिले पनि खाली हुदैनथ्यो ।
प्रकाश गिरी
नशा कुनै पनि कुराको राम्रो होईन । तर हरेक मानिसमा एक न एक चीजको नशा हुन्छ । कसैमा मादक पदार्थको त कसैमा धुम्रपानको । केवल नशालु पदार्थको नशा मात्र नराम्रो हुने होईन,जुनसुकै कुराको पनि अम्मली हुनु राम्रो होईन । कसैलाई प्रेमको नशा कसैलाई बढी बोल्ने नशा । अर्थात हामी सवै कुनै न कुनै कुराको अम्मली छौं ।
देशकै प्रधानमन्त्री सुशील कोईराला उमेरमा पान,सुपारी,चुरोट,विंडीको अम्मली भएको स्विकारेका छन । दुर्भाग्य के भने त्यहि अम्मलको कारण उनको फोक्सोमा क्यान्सरको लक्षण देखा परेको छ । यसको उपचारको लागि अब उनी अमेरिका जाने तयारीमा छन । झण्डै सात बर्ष अघि पनि उनी यस्तै समस्याको समाधानको लागि अमेरिका गएका थिए । जिव्रोमा भएको क्यान्सरको कारण अमेरिका गएर शल्यक्रिया गरेर कोईराला आएका थिए । यहि कारण नै हो,उनले वोलेको वुझिंदैन ।

Wednesday, June 11, 2014

सहमति पछि संसद खुल्यो


caप्रमुख दलहरुबीच सहमति भएपछि व्यवस्थापिका– संसदको जारी अवरोध बुधबारदेखि हटेको छ ।
प्रमुख दलबीच गत ९ पुसमा भएको ४ बुँदे सहमति कार्यान्वयन गर्ने र रकमान्तर भएको विषयमा सदनलाई जानकारी गराउन सरकार तयार भएपछि संसद सुचारु भएको हो ।
सरकारका तर्फबाट संसद बैठकमा बोल्दै कानुनमन्त्री नरहरि आचार्यले निर्वाचनमा धाँधली भएको भन्ने विषयमा छानबिन गर्न संसदीय समिति बनाउने, सत्य निरुपण तथा बेपत्ता छानबिन समिति बनाउने लगायतमा सहमति भएको जानकारी दिए ।
अर्थमन्त्री रामशरण महतले  खर्च हुन नसक्ने आयोजनाहरुको कार्यक्रम खर्च कम भएका आयोजनाहरुका रकमान्तर गरिएको । उनले बाहिर आएको भन्दा पनि धेरै रकमान्तर भएको भन्दै विगतमा अझ धेरै रकमान्तर हुने गरेको दाबी गरे । टेण्डरमा गइसकेका कार्यक्रमहरु सन्चालनका लागि रकमान्तर गरिएको भन्दै महतले आफ्नो निर्वाचन क्षेत्रमा बजेट पठाएको भन्नेमा कुनै सत्यता नरहेको जिकिर गरे ।
संघीय मामला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गत केही बजेट गएको भन्दै उनले आफूले आर्थिक बित्तीय अनुशासन पालना गरेको बताए । यसअघि विपक्षीको अवरोधका कारण ७ पटकसम्म संसद बैठक अवरुद्ध भएको थियो ।